दफा ६
प्रस्ताव आह्वान गर्न सक्ने
(१) नेपाल सरकारले दफा ५ बमोजिम संक्षिप्त सूची तयार गरेपछि सो सूचीमा परेका मनसायपत्र पेश गर्ने व्यक्तिबाट परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा तोकिएका कुराहरु खुलाई सार्वजनिक रुपमा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रस्ताव पेश गर्न चाहने व्यक्तिले देहायका विवरणहरु खुलाई सोही उपदफा बमोजिम प्रकाशित सूचनामा उल्लिखित समयावधिभित्र नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नु पर्नेछ ः–
(क) परियोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन,
(ख) परियोजनाको प्रारम्भिक इञ्जिनियरिङ्ग प्रारुप,
(ग) परियोजनाको अनुमानित लागत,
(घ) परियोजनाको प्रस्तावित वित्तीय स्रोत,
(ङ) परियोजनाको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन,
(च) परियोजना कार्यान्वयन सम्बन्धी विवरण,
(छ) परियोजना कार्यान्वयन गर्दा सम्भावित जोखिम र जोखिम न्यून गर्ने प्रस्तावित उपायहरु,
(ज) परियोजना कार्यान्वयन सम्बन्धी प्रक्रिया,
(झ) तोकिए बमोजिमका अन्य विवरण ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परियोजनाको पहिले नै सर्वेक्षण भइसकेको भए नेपाल सरकारले दफा ५ बमोजिम सूचीमा परेका मनसायपत्र पेश गर्ने व्यक्तिबाट परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा तोकिएका कुराहरु खुलाई सार्वजनिक रुपमा सूचना प्रकाशन गरी सोभैm प्रस्ताव आह्वान गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम प्रस्ताव पेश गर्न चाहने व्यक्तिले तोकिएका विवरणहरु खुलाई सोही उपदफा बमोजिम प्रकाशित सूचनामा उल्लिखित समयावधिभित्र नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नु पर्नेछ ।